गुणस्तरीय  शिक्षाकाे विकास लागि प्रतिबद्ध छाैं: प्रधानमन्त्री

 जेठ ३१, २०८०

तुलसीपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले वर्तमान सरकार  गुणस्तरीय  शिक्षा विकास एवम् प्रबर्धनका लागी गम्भिर रुपमा अगाडी बढेको बताउनुभएको छ । दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचन्डले विश्वविद्यालयहरु बिच प्रभावकारी समन्वय र प्रतिष्पर्धालाई बढवा दिदै सरकार अघि बढेको बताउनुभएको हो ।

विश्वविद्यालयको अध्यन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै पाठ्यक्रमलाई समय सापेक्ष बनाउने कुरालाई सरकारले आफ्नो निती तथा कार्यक्रममा पनि समेटेको उहाले बताउनुभयो । विश्वविद्यालयका जनशक्तीको क्षमता विकासका लागी सरकारी क्षत्रका अध्यन अनुसन्धानका कार्यहरु र सरकारी कार्यक्रमका लागी आवश्यक परामर्स सेवा विश्वविद्यालय मार्फत गर्ने व्यवस्था मिलाउन समेत सरकार प्रतिवद्ध रहेको उहाको भनाई छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचन्डले अध्यन गर्नु, ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्णु सबैभन्दा महत्वपुर्ण कुरा भएको बताउनुभयो ।आफ्नो क्षमता र गुनस्तर वृद्धी गर्दै जानी हो भने अवसरहरु श्वतः प्राप्त हुदै जाने उहाको भनाई छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ को अध्यक्षतामा भएको समारोहमा ५७५ जना विद्यार्थी दीक्षित भएका छन । शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीहरुमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित भएका हुन । ‘विविध कारणले १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह सञ्चालन गरिएको हो । समारोहमा विश्वविद्यालयका सहकुलपति नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगाएतको उपस्थीती रहेको थियो ।

तपाईंको प्रतिक्रिया