शिक्षक संगठन तुलसीपुर कमिटीद्धारा बधाई तथा अन्र्तक्रिया कार्यक्रम

 असार ०२, २०८०

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटीको आयोजनामा नव नियुक्त प्रअ र तुलसीपुर भित्र सरुवा हुने शिक्षकहरूलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटी अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष दामोदर बस्नेत, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास संयोजक मानबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष श्यामा रावत‚ पेसागत महासंघ दाङ उपाध्यक्ष रमा आचार्य‚ बुद्धिजीवी परिषद सल्यानका पदम खड्का र नेपाल शिक्षक महासंघ दाङका सचिव नवराज डाँगी लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटी उपाध्यक्ष प्रेम नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख खड्काले शिक्षामा सकारात्मक परिवर्तन गर्न खोज्दा बिरोध हुने, विभिन्न टीकाटिप्पणी हुने स्वभाविक भए पनि आफू निरन्तर रूपमा शिक्षामा परिवर्तन गर्न लागेको बताएका थिए ।कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला अध्यक्ष दामोदर बस्नेतले सम्पूर्ण शिक्षकहरूलाई नीति, विधि र प्रक्रिया भित्र रही काम गर्न निर्देशन गर्नुभयो । साथै फरक विषयको प्रसङ्गमा विद्यालय कर्मचारीको आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको पनि समर्थन रहेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीकी उपाध्यक्ष लक्ष्मी पन्थीको अध्यक्षतामा महिला विभागसमते गठन गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीका सचिव निर्मल कुमार वलीले गर्नुभएको थियो ।

 

 

तपाईंको प्रतिक्रिया