गर्मी नघटेपछि तुलसीपुरका विद्यालयमा तीन दिन विदा

 असार ०३, २०८०

तुलसीपुर ।  अत्याधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले गर्मी विदा थप गरेको छ । सम्पुर्ण विद्यालयलाई भाेलि देखि असार ६ गतेसम्म   बिदा दिएको छ । गर्मी बढेपछि यश अघि जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सम्पुर्ण विद्यालयलाई गर्मि बिदा दिएको थियोे ।

 

नगर शिक्षा समितिकाे आजको बैठकले बार्षिक विदाबाट कट्टि हुने गरि विदा दिएको  उपमहानगरपालिका  सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले बताए । ।

तपाईंको प्रतिक्रिया