तुलसीपुरका विद्यालय भाेलि देखि खुल्ने

 असार ०४, २०८०

तुलसीपुर ।  अत्याधिक गर्मी बढेपछि बन्द रहेका तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालय भाेलि देखि सञ्चालनमा आउने भएका छन । गर्मी नघटेपछि सम्पुर्ण विद्यालयलाई ४ गते देखि असार ६ गतेसम्म   बिदा दिएको थियोे । तर आज वर्षा भएसङ्गै शितलता महशुस भएको हुदा विद्यालयमा पठनपाठन सुचारु गरिएको उपमहानगरपालिका  सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले बताए ।

हाल मौसममा सकारात्मक परिवर्तन भएकोले नगर प्रमुख टिकाराम खड्काकाे निर्देशन अनुसार विद्यालयमा नियमित पठनपाठन सुचारू गर्न उल्लेख गरिएको रावतले बताएका छन।

तपाईंको प्रतिक्रिया