धान दिवस: एक दिन किसानकाे खेतमा पुगेर कृषिमा क्रान्ति हुदैन

 असार १५, २०८०

२०६१ मंसिर २९ गतेको मन्त्रिपरिषद् स्तरीय निर्णय गरी २०६२ साल असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। नेपाल कृषिप्रधान देश भएकाले यहाँको ७१% जनसङ्ख्या अझै पनि कृषि पेशामा नै निर्भर रहेका छन । असार १५ लाई दहि चिउरा खाने पर्बकारुपमा पनि मनाउने गरिन्छ। यस दिन सबैले घर घरमा दहि र चिउरा खाएर मनाउने र खेतमा धानको रोपाई गर्दै मनाउने गरिन्छ। खेतमा रोपारा र खेतालाहरुले असारे गित छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे गित गाउदै धान दिवस मनाउने सस्कारका रुपमा मनाउदै आएका छन ।

पछिल्लो समय नेपालमा कृषि पेशामा लाग्ने किसानको जनसङ्ख्यामा दिन प्रतिदिन घटोदो क्रममा छ भनेर राष्ट्रिय कृषि गणनाले जनाएको छ । २०४८ मा किसानको जनसङ्ख्या ८२% रहेकोमा २०५८ मा आएर ७६% मा झरेको केन्द्रीय तथ्यांक विभागले देखाउछ। अहिले आएर यो सख्या ७१% मा झरेको छ। कुनै दिन नेपालले भारत लगायत तेस्रो मुलुकमा धान निर्यात गर्ने मुलुकमा गनिथ्यो भने अहिले बर्षेनी करोडौको खाद्यान्न आयात गर्ने गरेको छ। केन्द्रीय तथ्यांक बिभागका अनुसार ३८ लाख ३१ हजार परिवार कृषिमा नै निर्भर रहेको छ ।

नेपाल सरकारले कृषिमा बिशेष नीति नल्याउदा किसानहरुको कृषि पेशामा दिन प्रतिदिन कमि आएको छ। सरकारले किसानलाई सहि समयमा मल, बिउ, सिचाई र अनुदान उपलब्ध गराउन नसक्दा आज किसान ५ किलो मल लिनका लागि दिन भरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ। किसानले उत्पादन गरेका बस्तुले मुल्य नपाउदा सडकमै फाल्नु पर्ने अबस्था आएको छ ।

सरकारले भुमि सम्बन्धि सही नीति नल्याउदा आज उत्पादन हुने जमिनहरु घडेरीमा परिनत भएका छन्। अब्यवस्थित बस्तिहरु बसेकाछन। खेती योग्य जमिन दिन प्रति दिन चक्लाबन्दी भएका छन्। खन्डहरमा परिनत भएका छन्। नेपाल सरकार भने गमला र रमाईलोको लागि एक दिन धान दिवस मनाउन तल्लिन छ।
आज असार १५ गते संघीय सरकार, प्रदेश सरकार र ७५३ वटै पालिकाले धान दिवस मनाउन भ्याइ नभ्याइ छ।

एक दिन सोखले, औपचारिकता निभाउन, रमाईलो गर्न र सामाजिक संजालमा आउनका संघय मन्त्री, प्रदेश मन्त्री,पालिका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु धान दिवस मनाउन तल्लिन रहनु भएको छ। उता किसान भने मल नपाएर लाईनमा छन। युबा सक्ति खेत बाझो राखेर दैनिक १५ सय देखि २ हजार सम्म बिदेश जाने लाईनमा छन। नेपालमा युबाहरुले भबिष्य सुनिस्चित नदेखेर बिदेश तिर लागिरहेका छन्। बिदेश युबा जाने युबा जनशक्तिलाई सरकारले रोक्न सकिरहेको छैन। कृषिमा क्रान्ति गर्छौ भन्दै भाषण ठोक्ने तर ब्यबहार भने किसानलाई मल, बिउ, सिचाई र अनुदान उपलब्ध गराउन नसक्दा नेपालको मुख्य राष्ट्रिय आय वा पेशा दिनप्रतिदिन धरापमा पर्दै गईरहेको छ भने सरोकारवालाहरु गमलामा धान रोप्दै कृषि क्रान्तिका ठुला ठुला भाषण ठोक्नमै ब्यस्त छन्।

यदि साचिकै कृषिलाई आधुनिकीकरण र कृषिमा देशलाई आत्मनिर्भर बनाउने हो भने भाषण होइन, औपचािकता निभाउनका लागि मात्र धान दिवस मनाउने संस्कार बन्द गर्नु पर्छ। किसानका लागी मल, बिउ, सिचाई र कृषि अनुदान समयमै दिन सक्नु पर्छ। कृषि सम्बन्धी बिशेष ब्यबस्था गर्न आबश्यक छ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, वैज्ञानिकिकरण र कृषि उत्पादनको बजारीकरण गर्न आबश्यक छ। स्थानिय सरकारले किसानलाई बिनाधितो सहुलियतमा कृषि ऋणको ब्यबस्था मिलाईदिन आबस्यक छ। सामुहीक कृषि प्रणाली अबलम्बन गर्दै कृषिमा आत्मनिर्भर बनाउन आवस्यक छ। एक दिन मनोरञ्जनका लागि धान दिबस मनाउदैमा कृषिमा आमुल परिवर्तन ल्याउन सकिदैन यो त खाली  फजुल खर्च बढाउने काम मात्र हो। १८औं धान दिवसको सबैमा सुभकामना।

तपाईंको प्रतिक्रिया