मावि खाद्रेको वि.व्य.स. अध्यक्षमा रावत

 असोज १६, २०८०

तुलसीपुर । तुलसीपुर ४ खाद्रेमा रहेको जनश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कलसिंह रावत चयन हुनु भएको छ ।निर्वाचित चार जना सदस्य मध्येबाट रावतलाई अध्यक्षमा चयन गरिएको हो । चार जना सदस्य छनोटमा सहमती नजुटेपछि गत भदौ ३० गते दुई समुह बिच निर्वाचन भएको थियो ।

निर्वाचनमा नेकपा एमाले र कांग्रेस सर्मथक उमेदवारले नेकपा माओवादी सर्मथक उमेदवारलाई पराजित गरेका थिए । जसमा रावत संगै बम बहादुर खड्का९दिपक०,राधा घर्तिमगर र यसोदा वली निर्वाचित हुनु भएको थियो । साथै समितिको हालै बसेको बैठकले अन्य चार जना सदस्य मनोनित गरेको छ भने शिक्षक प्रतिनिधि पनि छनोट गरेको विद्यालयले जानकारी दिएको छ ।

जसमा दिवाकर केसी, सुन्दर रोका, पुजा गौतम, सुजा रानालाई सदस्यमा मनोनित गरिएको हो । यस्तैगरी शिक्षक प्रतिनिधिमा तिर्थराज शर्मालाई चयन गरिएको छ । यस्तैगरी विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा हेम बहादुर थापा चयन हुनु भएको छ ।

तपाईंको प्रतिक्रिया