कक्षा ११ को रजिस्ट्रेसन फाराम पुसमा भरिसक्नुपर्ने

 असोज १६, २०८०

काठमाडौं । कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो सातासम्ममा सम्पन्न गर्नुपर्ने छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर  मसान्त सम्म भर्ने समयावधि तोकिएको छ ।

तपाईंको प्रतिक्रिया