ज्ञान दीपकि स्वस्तिकाले ल्याइन लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा

 असोज १६, २०८०

तुलसीपुर । दाङको तुलसीपुर ६ बरुवागाउँमा अवस्थित ज्ञान दीप कलेज विज्ञान संकायको ९विएस्सी० स्नातक तह चौथो वर्षको परीक्षामा लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको छ । शैक्षिक सत्र २०७९र०८० मा भएको विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजले जनाएको छ ।

सोही संकायमा अध्ययनरत छात्रा स्वस्तिका विष्टले ८५.८० प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमै प्रथम भएकी हुन । त्यस्तै स्वस्तिकासहित सोही संकायमा अध्ययनरत सम्पुर्ण छात्रछात्राले उत्कृष्ट नतिजा ल्याएका छन् । ज्ञान दीप कलेजले हरेक नतिजामा उत्कृष्ट हुदै आएको छ । यस कलेजले वि.सी.ए., विएस्सी, वि.वि.एस. र वि.ए.संकायमा अध्यापन गराउदै आएको छ ।

तपाईंको प्रतिक्रिया