सगरमाथा स्कुलमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

 असोज २३, २०८०

दाङ । तुलसीपुर ९ बेलुवामा अबस्थित सगरमाथा वालवाटिका इङलिस स्कुलको सहकार्यमा एबम तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गराउने हेतुका साथ यो कार्यक्रम मनाइएको छ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा डा। मेगाना नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा डा. सन्दिप न्यौपाने, सिटि हस्पिटलका सिइओ ऋषि रन्जन चौधरी, संचालक समिती सदस्य एबम सुचना अधिकारी बुद्दी सापकोटाको उपस्तिथि थियो । कार्यक्रमका प्रमुख अतिथि डा.मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताउछिन। यसै गरि कार्यक्रमका प्रमुख प्रशिक्षक  डा. सन्दिप न्येउपाने भन्छन “मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निराशा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ,व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ’ उनको सुझाव छ ।

कार्यक्रमका अध्यक्ष एबम बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले यस्ता सचेतना फैलाउने कार्यक्रम समय समयमा आयोजना गर्न आवस्यक बताउछन।” हरेक मानिस मानसिक रुपमा स्वस्थ रहन सके मात्र स्वस्थ परिवार, समाज र रास्ट्र निमार्ण गर्न सकिने” वली बताउछन। कहिले पनि आफुलाई अरु सङ्ग तुलना नगरी आफू सङ्ग जे छ तेसैमा सन्तुष्टि हुनु मानिसको बुद्धिमानी हो, संतुष्ट हुन नसक्नु भनेको विभिन्न तनाबको कारण मानसिक समस्यामा परी जिबन नै अस्तब्यस्त बनाउनु हो, वली भन्छन।  विद्यालयका सिइओ यमकान्त खरेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम बिद्यालयका कार्यक्रम प्रमुख सरद शर्माले सहजीकरण गरेका थिए ।

तपाईंको प्रतिक्रिया