मावि उरहरीको जिर्ण भवनको समस्या समाधान गर्छु: अर्थमन्त्री मास्की

 असोज २८, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले तुलसीपुर – ११ स्थित अमर मावि उरहरीको भौतीक अवस्था बारे जानकारी लिएका छन । विद्यालयमा साना बालबालिका बस्ने कोठाको भवन जिर्ण भई नयाँ भवन निर्माणको लागि आग्रह गरेको हुदा यसबारेमा जानकारी लिएका हुन ।

उनले विद्यालयको सबैभन्दा पुरानो भवन जिर्ण भएकोमा ४ कोठे भवन निर्माणको लागि बजेट विनियोजन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सम्भव भए यसै बर्ष नभए अर्को बर्ष बजेट विनियोजन गर्छु – अर्थमन्त्री मास्कीले भने । ”अव ४ कोठे भवन निर्माण भए विद्यालयमा भवनको संख्या पर्याप्त हुदोरैछ” ।

जिर्ण भवनमा बालबालिकालाई पढाउन बाध्य भएको हुदा समाधानको लागि विद्यालयले आग्रह गरेको थियो । त्यस अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत, विद्यालयका प्रधानाध्यापक पदम बहादुर वली,वाइसिएलका जिल्ला संयोजक माधव बुढाथोकी,अर्थमन्त्रीको स्वकिय सचिव शम्भु रेग्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया