तिहारमा चिनी अभाव हुने निश्चित

 कार्तिक १५, २०८०

काठमाडौं । सरकारले चाडपर्वलाई लक्ष्य गरी भन्सार छुटमा खरिद गर्ने भनेको चिनी नआउने निश्चित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कर्पोरेसन र खाद्य कम्पनीले दशैँअगाडि चिनी खरिद गर्न ग्लोबल टेण्डर गरेका थिए। तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेण्डर परेपछि तत्काल स्थगन गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन्।

तपाईंको प्रतिक्रिया