ज्ञान ज्योती उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित

 कार्तिक २१, २०८०

तुलसीपुर ।  दाङ तुलसीपुर स्थित ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट सम्मानित भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यहि कात्तिक २० गते जापानमा आयोजना गरेको कार्यक्रममा ज्ञान ज्योती मावी तुलसीपुरले उत्कृष्ट अर्वाड प्राप्त गरेको हो ।

उक्त अवार्ड ज्ञान ज्योती मावीका प्रिन्सीपल सेरेन्द्र जिसीले ग्रहण गरेका थिए । अवार्ड कार्यक्रममा देशैभरका विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयले बिभिन्वन समयमा उत्कृष्ट अर्वाडहरु प्राप्त गर्दै आएको छ । दाङ जिल्लामै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ ।

तपाईंको प्रतिक्रिया