इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी

 मङि्सर ०१, २०८०

इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।

यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत रहेका छन् ।

यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएकाे छ । गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएको छ ।

तपाईंको प्रतिक्रिया