अमर उद्यमी क्लव: पुष्प खेती र कुखरा पालनबाट १ लाख कमाइ

 मङि्सर ०८, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमर माध्यमिक विद्यालयमा पढदै कमाउदै कार्यक्रम अन्र्तगत विद्यार्थीले एक लाख ५ हजार रुपैया कमाई गरेका छन । उनिहरुले दुई पटक गरेको कुखुरा पालनबाट खर्च कटाएर ६५ हजार कमाई गरेका छन् । विद्यालयमा गठित अमर उद्यमी क्लवबाट उनिहरुले पुष्प खेती समेत गरेका थिए । उनिहरुले तिहारमा माला र पुष्प विक्रिबाट खर्च कटाएर ४० हजार बचत समेत गरेका छन ।

यसरी बचत रकमको ५० प्रतिशत क्लवको खातामा राख्ने गरेका छन भने ५० प्रतिशत रकम विद्यार्थीले लग्ने गरेको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए । विद्यार्थीैले पहिलोपटक गरेको फुल खेतीबाट राम्रो आम्दानी गरेको उनले बताए । तिहारमा सोचे अनुरुप विक्रि नभएपनि यसले निरुत्साहीत नबनाएको उनले बताए । विद्यालयमा अझै फुलहरु रहेकोले विबाह, पुजामा विक्रिको लागि अर्डर भएको समेत बताएका छन ।

यसैविच,उद्यमी क्लवको आज नँया नेतृत्व समेत चयन गरिएको छ । क्लवका अध्यक्ष विद्यार्थी रोहित कुमार शर्माको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नतेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । दोस्रो बर्षका विद्यार्थी शिशिर आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जस्को उपाध्यक्षमा कमल भण्डारी,सचिवमा मधु दाहाल,सहिचवमा रेखा भण्डारी,कोषाध्यक्षमा पुर्णिमा शर्मा चयन भएका छन ।

यस्तै सदस्यहरुमा केशव रेउले,दिलिप ओली,डेविट देवकोटा, शुस्मिता ढकाल,मेघराज केसी,कमल भण्डारी,डोल्मा घर्ती,कल्पना खड्का,सन्ध्या शर्मा,सुरेन्द्र गिरी रहेका छन । निवर्तमान अध्यक्ष रोहीत कुमार शर्माले नँया कार्यसमितिलाई माईन्युट हस्तान्तरण गर्दै थप क्रियाकलाप गर्न हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पढाई सगैं विद्यार्थीले कमाउने कार्यले थप प्रोत्साहन गरेको बताएका थिए । विद्यार्थी भुवन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वली, विब्यस सदस्य अर्जुन बस्नेत,शिक्षक निर्मल कुमार वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी पुष्प कोमल खत्रिले गरेका थिए ।

तपाईंको प्रतिक्रिया