भारतको मध्ये प्रदेशमा बस दुर्घटना हुँदा १२ को मृत्यु

 पुष १२, २०८०

भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको थियो । टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा अन्य १४ जना घाइते भएको दैनिक भास्करले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । बसमा ३० जना सवार थिए । जसमध्ये चार जना सकुसल बाहिर निस्किएका थिए । मध्ये प्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख दिने घोषणा गरेको छ ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया