संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम

 पुष २१, २०८०

तुलसीपुर ।  संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत, कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा टोपराज शर्मा, अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

अधिवेशनले नौ बुँदे लुम्बिनी घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ । य

तपाईंको प्रतिक्रिया