छिल्लिकोटको विकासको लागि ३५ लाख बजेट

 पुष २४, २०८०

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको धार्मिक एवं पर्यटकिय ऐतिहासिक स्थल छिल्लिकोटको विकासको लागि ३५ लाख बजेट विनियोजन भएको छ । त्यसको संरक्षण तथा प्रबर्द्धन गर्न भन्दै नेपाल पर्यटन बोर्डले उक्त बजेट बिनियोजन गरेको हो । पर्यटन पुर्वाधार कार्यक्रम अन्र्तगत यस आर्थिक बर्षम उक्त बजेट स्वीकृत भएको वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।

छिल्लिकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रबर्द्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख र छिल्लिकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिढी निर्माणमा ५ लाख बजेट विनियोजन भएको अध्यक्ष योगीले बताए । पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात रहेको त्यहा अवलोकन गर्न जानेको संख्या अत्यधिक बढेको छ । यसलाई थप ब्यवस्थित गरि पर्यटनको क्षेत्रमा चिनाउन आफु लागि परेको अध्यक्ष योगीको भनाई छ । वडाले गएको साउन ११ मा बजेट माग्दै पर्यटन विकास बोर्डलाई सिफारीस गरेको थियो ।

 

तपाईंको प्रतिक्रिया