उद्योगमा काटिएका लाइन तुरुन्त जोड्न प्राधिकरणलाई निर्देशन

 पुष २४, २०८०

काठमाडाैं | सरकारले उद्योगमा काटिएका लाइन तुरुन्त जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले हाललाई उद्योगीहरूका काटिएका विद्युत् लाइन खोल्न सरकारले निर्देशन दिएको जानकारी दिइन् ।

डेडिकेटेड र ट्रंक लाइनको विवादबीच महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले विभिन्न उद्योगका लाइन काटिदिएको छ । बिजुलीको लाइन काटिदिएको विरोधमा उद्योगी व्यवसायी र मजदुरहरूले प्रदर्शन पनि गर्दै आएका थिए । यस्तै सरकारले डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विवादको छानबिन गर्न आयोग गठन गरेको छ ।

तपाईंको प्रतिक्रिया