बलियो राष्ट्रिय शक्तिको आवस्यकता छ: महासचिव पोखरेल

 पुष २९, २०८०

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेको बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । अहिले राजनितिक अस्थितरता जटिल मोडमा रहेको उल्लेख गर्दै देश विकासको लागि बलियो शक्तिको आवश्यक रहेको र त्यो सार्मथ्य
नेकपा एमाले संग रहेको उनले बताए ।

जिल्ला कावा अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै ईतिहासमा कमजोर सरकारबाट जनतामा निराशा मात्रै छाएको पोखरेलले उल्लेख गरेका थिए । वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उनले बताए । सरकारकै कमजोरीका कारण देशमा लगानीको वातावरण समेत नभएको उनले बताए ।

उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गरेका थिए ।

 

 

तपाईंको प्रतिक्रिया