पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

 माघ ०२, २०८०

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज  लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ । साथै काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६६, डिजल र मट्टितेल रु एक सय ५६ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया