पुष्पा केसीको श्रद्धाञ्जली सभा

 माघ ०३, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष यमराज केसीको धर्मपत्नी पुष्पा केसीको  एमालेले श्रद्धाञ्जली सभा गरेको छ । केसीको निधन भएको तेह्रौ दिनको पुण्यतिथिमा नगर कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नगर कमिटीका अध्यक्ष माधव वलीको अध्यक्षता एव प्रदेश कमिटी उपसचिव पूर्ण बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अवसरमा नगरप्रमुख टीकाराम खड्का, नेकपा जिल्ला सचिव मनोहर बुढाथोकी लगायतकाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वर्गिय पुष्पा केसीका श्रीमान् यमराज केसीले शोकमा समबेदना प्रकट गनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी रूप बहादुर खत्रीले गर्नुभएको थियो । क्यान्सर रोगका कारण लामो समयसम्म बिरामी पर्नुभएकी केसीको पौष २० गते ४४ वर्षको उमेरमा घरमै निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया