मजदुर संगठनका केन्द्रीय अध्यक्ष राई दाङमा

 माघ २३, २०८०

तुलसीपुर । यातायात मजदुरका नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई दाङमा आउनु भएको छ । संगठनको काम र सवारी दुर्घटना सम्बन्धि विभिन्न कार्यक्रम मा सहभागी हुँदै उहाँ मङ्गलबार तुलसीपुरमा आईपुगेको केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिले जानकारी दिनुभयो ।

उहाका अनुसार अध्यक्ष राई देशब्यापी अभियान अन्तर्गत सुदुरपश्चिम् प्रदेश हुँदै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर दाङ आउनु भएको छ । संगठनको जिल्ला कमिटी दाङले पनि बुधबार जिल्लामा विभिन्न बैठक तथा कार्यक्रमको आयोजना गरेको र अध्यक्ष राई सहितका नेताहरु सहभागी हुने ओलिले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया