दाङका पालिका मध्ये शान्तिनगर कार्यसम्पादनमा पहिलो

 फागुन १०, २०८०

तुलसीपुर। दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ अंक ल्याएर गढवा गाउँपालिका पाँचौं, २७.४७ अंक ल्याएर बबई गाउँपालिका छैठौं भएका छन् ।

त्यस्तै २४.३९ अंक ल्याएर तुलसीपुर उपमहानगरपालिका सातौं, २३.२९ अंक ल्याएर बंगलाचुली गाउँपालिका आठौं, २३ अंक ल्याएर राजपुर गाउँपालिका नवौं तथा १८.४२ अंक ल्याएर लमही नगरपालिका दशौं स्थानमा रहेका छन् । बिभिन्न १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक घटाउन पनि असफल छन् ।

तपाईंको प्रतिक्रिया