हिरा डाँगी स्मृति कपको उपाधि राइजिङ स्टारलाई

 फागुन २७, २०८०

तुलसीपुर । तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । साहारा फुटबल क्लब लखनउ लाई पेनाल्टी सुटआउटमा २-१ ले हराउदै राइजिङले सर्वाधिक पुरस्कार राशीको उपाधी जितेको हो ।  सुरुमा ४-४ गोलको बराबरी भएको थियो । उक्त टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र समेत हात पारेको छ । त्यस्तै उपविजेता सहाराले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा निर्धारीत समयमा गोल हुन नसकेपछि नतिजा पेनाल्टीबाट लिईएको हो । निकै कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा दुवै टिमबाट केहि अवसर पाएतापनि गोल हुन सकेको थिएन ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु–याउने उद्देश्यका साथ संचालित प्रतियोगितामा समापन समारोह अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घ बहादुर केसि कुमारको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजिकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

तपाईंको प्रतिक्रिया