तुलसीपुरमा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु

 फागुन ३०, २०८०

तुलसीपुर । नेकपा एमाले तुलसीपुर नगर कमिटिको आयोजनामा तुलसीपुरमा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्तमको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गरेका हुन । त्यस अवसरमा बोल्दै ज्ञवालीले वर्तमान गठबन्धन सरकार ०८४ सम्म नै टिक्ने बताएका छन ।

सो अवसरमा बोल्दै पार्टी केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले पार्टी भित्रका खरावी सुधार्नु पर्ने बताए । कार्यक्रममा एमाले केन्द्रिय उपमहासचिव प्रलिप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । उनले दर्शनशास्त्र र माक्र्सवादका बारेमा जानकारी गराएका थिए । नगर कमिटिका अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दाङ जिल्ला इन्चार्ज चेत नारायण आचार्य, दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगाएतले बोलेका थिए ।

प्रशिक्षण कार्यक्रम चैत १ गते सम्म चल्ने छ ।

तपाईंको प्रतिक्रिया