तुलसीपुर बजारमा बिहानै लुटिए

 चैत ०१, २०८०

तुलसीपुर । तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् । तुलसीपुर उप-महानगरपालिका १४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा वस्दै आएका निसान्त वस्नेत विहिवार (आज) विहान ४:४५ वजेतिर लुटिएका हुन् । वस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला विहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने वाहिनि चोकमा लुटिएकाे निश्चलकी आमा अमृता  वस्नेतले जानकारी दिनुभयो ।

आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोवाई दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल वस्नेतले वताउनुभयो ।

यसरी लुटिए पछि नजिकै रहेका महिलालाई गुहार मागेको तर उनिहरु सहयोग नगरेको पिडित वस्नेतले वताउनु भयो । चोरीका वारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० वजे पछि मात्रै आउनु भने पछि निरास भएर घर फर्किएको वस्नेतले जानकारी दिनुभयो ।

यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षमा थप चुनौती भएको छ ।

तपाईंको प्रतिक्रिया