रुसी सेनामा भर्ना भएका सात नेपालीको मृत्यु

 चैत ०१, २०८०

काठमाडौँ ।  रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गङ्गा राम अधिकारी, बाग्लुङ्गका जितबहादुर विक, बाँकेका सञ्जय के.सी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउनका लागि सरकारले उच्च प्राथमिकता साथ कूटनीतिक पहल जारी राखेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।  साथै ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ  कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया