सुन प्रकरणमा दीपेश पुन पक्राउ

 चैत ०२, २०८०

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पुनलाई काठमाडौंको धापासी-टोखा क्षेत्रबाट पक्राउ गरिएको हो। उनि  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो। प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ।

गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। सोही विषयमा छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

तपाईंको प्रतिक्रिया