टिप्परको ठक्करबाट विद्यालय सहयोगीको मृत्यु

 चैत ०३, २०८०

दाङ । दाङमा  टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे घोराही लमही सडक खण्डकाे सिस्ने खोलामा  शुक्रबार टिप्परले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा घाेराही -१७ निवासी  कालीप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  । उनी मावि डाँडा गाउँ गोग्ली विद्यालयका कार्यालय सहयोगी हुन । लमही जादै गरेकाे टीप्परकाे पहिचान खुलेकाे छैन ।

यसैविच, दुर्घटनाबारे विद्यालय कर्मचारी परीषद्ले दुख ब्यक्त गरेको छ । परीषद्का केन्द्रीय उपमहासचिव डम्बर ओली,केन्द्रीय सदस्य मित्रलाल शर्मा,लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द जिसी,जिल्ला अध्यक्ष तप्त शर्माले विज्ञप्ती जारी गरि मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन । परीषद्का सदस्य चौधरीलाई ठक्कर दिने टिप्परको पहिचान गरि घटनामा कानुनी कारवाहीको लागि माग समेत गरेका हुन ।

तपाईंको प्रतिक्रिया