एमालेले पहिलाेपटक लियाे पार्टि सदस्यकाे परीक्षा

 चैत ०५, २०८०

दाङ । नेकपा एमालेले पाटी सदस्यलाई परिक्षा गराएको छ । पाटी सदस्यलाई परिक्षा गराउने अभियान अन्तर्गत तुलसीपुरमा पनि परिक्षा संचालन गरिएको एमाले दाङ सचिवालय सदस्य तथा तुलसीपुर नगर इन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभयो । तुलसीपुर उपहानगरपालिकाको १९ वटै वडा भित्रका पार्टी सदस्यहरुको परिक्षा सम्पन्न भएको उहाँले बताउनुभयो ।

सोमबार दिउँसो १२ बजेदेखि परिक्षा सञ्चालन भएको हो । परिक्षामा उत्साहजक सहभागिता रहेको इन्चार्ज रावतले बताउनुभयो । एमालेले आफ्ना कार्यकर्ताहरुलाई स समयमा प्रशिक्षण दिदै आएको उहाँको भनाई छ ।

परिक्षा बाट नया ज्ञान सिप हासिल गरेकाे वडा नम्बर ४ का शालिकराम गन्धर्वले बताउनु भयाे । लामाे समय देखि पार्टिमा रहेका गन्धर्वले सदस्यकाे लागि गरिएकाे याे परिक्षा एेतिहासिक भएकाे बताउनु बताउनु भयाे ।

पार्टिकाे लुम्बिनि प्रदेश कमिटि स्कुल विभागकाे अायाेजनामा भएकाे परिक्षामा पार्टिका समसामयिक विषयमा रहेर १५ वटा प्रश्न तयार पारेकाे थियाे ।

तपाईंको प्रतिक्रिया