बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु

 चैत ०५, २०८०

तुलसीपुर । बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको उहाँको भनाइ छ । अहिले उद्धार कार्य जारी रहेको र घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिदै गरेको उहाँको भनाइ छ । घटनाको थप विवरण आउन वाँकी रहेको छ ।

तपाईंको प्रतिक्रिया