महरालाई अस्पतालमा राखिने

 चैत ०५, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो ।  उनी केको बिरामी हुन भन्ने  खुल्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया