दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

 चैत १४, २०८०

दाङ । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर  बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

बबई गाउँपालिका ७ मलई बस्ने रोबरबहादुर घर्तीकी कान्छी छोरी १८ वर्षिया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो ।  करिष्मासंगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समयमा घर गएकि थिइन ।

तपाईंको प्रतिक्रिया