गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री

 चैत २५, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् । बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए ।

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्टस् हब’ का रूपमा विकास हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । उनले रंगशालामा ठूला राष्ट्रियस्तरका प्रतियोगिता सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताए ।

तपाईंको प्रतिक्रिया