कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

 चैत २७, २०८०

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यमलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कँडेलको पक्षमा प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे ।

तपाईंको प्रतिक्रिया