सेण्टर माविले गरेको निर्णय कार्यन्वयनमा: शिक्षक कर्मचारीले छोराछोरी भर्ना गराउन थाले

 चैत २८, २०८०

तुलसीपुर । तुलसीपुर –६ निवासी आरभ पौडेलले तुलसी बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका थिए । उनि अहिले त्यहाबाट कक्षा ४ उतीर्ण भए । तर शै.स.२०८१ को लागि भने उनि सेन्टर मावि तुलसीपुर, दाङमा कक्षा ५ मा भर्ना भए । उनि सगैं उनका भाई एरीज पौडेल पनि सोहि विद्यालयको कक्षा ४ मा भर्ना भएका छन । उनिहरुलाई सोहि विद्यालयको लेखापालमा कार्यरत धर्मराज पौडेलले आज विद्यालयमा भर्ना गराएका हुन । भर्ना भएसगैं विद्यालयका प्रधानाध्यापक भागबत पौडेलले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

विद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीको संयूक्त बैठक बसि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरि पढाउने सर्बसम्मत निर्णय गरेसगैं अहिले कार्यान्वयनमा गएको छ । सोहि निर्णय अनुसार छोराहरुलाई विद्यालयमा भर्ना गरेको धर्मराज पौडेलले बताए । विद्यालयमा कार्यरत पौडेल सगै शिक्षकहरु अनिता पौडेल आचार्यले छोरीलाई कक्षा ६ मा,नारायणि कंडेलले कक्षा १ मा छोरीलाई भर्ना गरिसकेको विद्यालय प्रशासनले जनाएको छ ।

आफूले पढाउने विद्यालयमा आफ्ना सन्तानलाई पढाउँदा समाजमा विश्वाश पैदा हुने र शिक्षामा समेत सुधार हुने भएकाले यो कार्यको सुरुवात गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ । सर्वसम्मते निर्णय गरिएको हुदा कार्यान्वयन हुन थालेको प्रधानाध्यापक पौडेलले बताए । ‘केहि शिक्षक कर्मचारी तथा समितिका पदाधिकारीले भर्ना गराउन थाल्नुभएको छ’ प्रधानाध्यापक पौडेलले भने । ‘यस्ले सकारात्मक शन्देश दिन थालेको छ।’

साधारणतर्फ नेपाली माध्यम, मध्यममा अंग्रेजी माध्यम र विशिष्टिकृततर्फ सुविधासहितको अध्यापन गराइनेछ । साथै एसइईमा उत्कृष्ट नतिजा ल्याउने गरि रणनीतिका साथ अघि बढेको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए । सेन्टर माविले थालेको यो निर्णय अन्य विद्यालयले समेत लागु गर्न थालेका छन ।

तपाईंको प्रतिक्रिया