कक्षा १२ का विद्यार्थीको विदाई

 चैत ३०, २०८०

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ । कक्षा ११ का विद्यार्थी जयदेव मल्लको अध्यक्षता तथा वि.ब्य.स.अध्यक्ष होताराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा १२ का विद्यार्थीलाई खादा टिका लगाएर मायाको चिना प्रदान गरिएको थियो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले आफ्नो लक्ष्य पुरा गर्नका लागि लगनशिल भई अघि बढ्नुपर्ने बताएका थिए । भेटिनु र छुटिने एउटा अवसर सृजना गर्ने हुदा सदुपयोग गर्नुपर्नेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा प्रधानाध्यापक पदम बहादुर वली, शिक्षक यज्ञ बहादुर अधिकारी, कक्षा १२ का विद्यार्थी हरी खत्रि लगायतले बोलेका थिए ।

विद्यार्थी सगिना खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थी लक्ष्मी रोकाले गरेकि थिईन् । कार्यक्रममा विद्यार्थीले सांस्कृतीक प्रस्तुती राखेका थिए ।

तपाईंको प्रतिक्रिया