इन्सपेक्टर नेपालीलाई चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’

 बैशाख ०२, २०८१

तुलसीपुर । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जले चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ प्रदान गरेको छ। तालिम केन्द्रमा कार्यरत इन्सपेक्टर राम बहादुर नेपालीलाई कामको मूल्यांकनको आधारमा चैत महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो । दाङ तुलसीपुर -११ निवासि प्रहरी निरीक्षक नेपालीले नेपाल प्रहरीको निति निर्देशन अनुरुप दिईएको जिम्मेवारी अनुशासित, लगनशील, निष्पक्ष, पारदर्शी, कर्तव्यनिष्ठ एवं व्यवसायिक ढंगले उच्च मनोबलका साथ सम्पादन गरेको हुदा तालिम केन्द्रमा एक कार्यक्रमका विच प्रहरी बरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले पुरस्कार प्रदान गरेका हुन ।

तालिम केन्द्रमा संचालन भएका आधारभूत तथा उन्नत तालिमहरुमा तालिम संयोजकको रुपमा दिईएको जिम्मेवारी त्रुटिरहित ढंगले उत्कृष्टता प्रदर्शन गरी तालिमहरुको आन्तरिक तथा बाहय प्रशिक्षण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह उत्कृष्ट प्रशिक्षककाु भुमिका खेलेको प्रहरी बरीष्ठ उपरीक्षक भट्टद्धारा हस्ताक्षरीत सम्मान पत्रमा उल्लेख गरिएको छ । साथै भर्ना छनौट शाखाको शाखा प्रमुखको भूमिकामा रहि मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी प्रशंसनीय र उल्लेखनीय कार्य गरेको उल्लेख गरिएको छ ।

 

 

 

तपाईंको प्रतिक्रिया