मृगौला पिडित एन्जिलाको उपचारमा सहयोग: केसीद्धारा अभियान मार्फत उठेको २ लाख हस्तान्तरण

 बैशाख ०४, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी एन्जिला बुढाथोकीको उपचारको लागि २ लाख सहयोग उठेको छ । १६ बर्षको कलिलो उमेरमा मृगौला फेल भई उपचाररत रहेकि बुढाथोकीको उपचारको लागि अभियान मार्फत उक्त रकम उठेको हो । उपचारको लागि आर्थिक समस्या भएको हुदा तुलसीपुर १० पढ्ढा निवासी राष्ट्रिय युवा संघ नेपाल का युबा नेता तिलक केसीले सहयोगको अभियान चलाएका थिए। युवा माझ आफ्नो राम्रो छबि बनाएका केसीले समाजको निम्ति केहि गरौं भनेर अभियानको सुरुवात गरेका थिए ।

घरको आर्थिक अवस्था नाजुक भएर उपचारमा समस्या भएको आफुले थाहा पाएपछि अभियान सुरु गरेको केसीले बताए । उनले देश तथा विदेशमा रहेका साथी भाई मार्फत सञ्चालन गरेको अभियानबाट २ लाख रुपैया संकलन गरेका थिए । उक्त रकम बुढाथोकी परीवारलाई केहि दिन अघि  हस्तान्तरण गरिसकेका छन ।

अभियानबाट जुटेको २ लाख रुपैया परिवारलाई हस्तान्तरण गरेको र उपचारमा केहि सहज भएको केसीले बताए । बुढाथोकी हिमाल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत थिईन । गएको पौषमा मृगौलामा समस्या देखिए देखि उपचारमा छिन । एन्जिलाको हाल नेपाल भारत मैत्रि अस्पताल काठमाण्डौंमा उपचार भैरहेको आमा निशा बुढाथोकीले बताईन।

तपाईंको प्रतिक्रिया