सल्यान बस दुर्घटना : गाडी धनिको उपचारको क्रममा मृत्यु

 बैशाख ०५, २०८१

तुलसीपुर ।  सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका–२ ठिङबाङ खोला पुलबाट बस खोलाबाट खसेको थियो । दाङको घोराहीबाट रुकुम पुर्व जाँदै गरेको तुल्सीपुर यातायात प्रालिको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भई पुलबाट खस्दा १३ यात्रु सामान्य घाइते भएका छन् भने गम्भिर घाइते भएका ९ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो ।

जसमा गम्भिर घाइते भएका दाङको तुल्सिपुर उपमहानगरपालिका– ४ बस्ने गाडी धनि बर्ष ४६ का बिष्णु बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि तुल्सिपुर उपमहानगरपालिका–१० बिजौरी बस्ने बर्ष २९ का कृष्ण चौधरी, दाङ नारायणपुरका बर्ष ३६ कि दिल कुमारी गोतामे र रुकुम पश्चिम त्रिबेणी गाउँपालिका २ बस्ने बर्ष २२ कि चित्रा पुन गम्भीर घाइते भएको छन् । गम्भीर घाइतेलाइ बागचौरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

यस्तै दाङको रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बिक, बस चालक तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने बर्ष ३४ का पुर्ण शम्सेर जबरा, तुलसीपुर ७ प्रसेनी बस्ने बर्ष ४९ का ठगि बुढा, सोहि ठाउँ बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा र रुकुम पश्चिम त्रिबेणी गाउँपालिका २ बस्ने बर्ष ६ का रेशम मगरलाई पनि जिल्ला बाहिर रिफर गरिएकोा छ ।

अन्य घाइते हुनेहरूमा रुकुम चौरजहारी नगरपालिका २ बस्ने बर्ष १६ कि पुष्पा चन्द रुकुम चौरजहारी नगरपालिका ९ बस्ने बर्ष १७ का उमेश मल्ल, रुकुम सिस्ने गाउँपालिका ६ बस्ने बर्ष ११ कि अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ बस्ने बर्ष १४ का निश्चल हमाल र त्रिबेणी गाउँपालिका ६ बस्ने बर्ष ३३ को बसन्तजंग क्षेत्री रहेका छन् ।

यस्तै सल्यान शारदा नगरपालिका ५ बस्ने बर्ष १९ कि सपना भण्डारी, बागचौर नगरपालिका १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत, शारदा नगरपालिका १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत, बागचौर नगरपालिका २ बर्ष २ कि ललिता बस्नेत, सोहि ठाउँ बस्ने बर्ष २५ का शुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द र सिद्ध कुमाख गाउँपालिका १ बस्ने बर्ष १७ का बिर बहादुर बस्नेत घाइते भएका छन् ।

यस्तै रोल्पा रुन्टीगढी गाउँपालिका ५ बस्ने बर्ष २५ का रञ्जित बि.क. पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । सामान्य घाइतेहरुको बागचौरका विभिन्न पोलिक्लिनिकहरुमा उपचार गरिएको छ । बस सडकबाट २० मिटर तल खसेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

तपाईंको प्रतिक्रिया