तुलसीपुरका नारायण विक फोटोग्राफी विधातर्फ पुरस्कृत

 जेठ १७, २०८१

तुलसीपुर । दाङ तुलसीपुर स्थित रोज डिजिटल फोटो एण्ड आर्टका सञ्चालक नारायण विकलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरेका हुन । प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।

फोटो ग्राफि विधा तर्फ लुम्बिनी प्रदेशबाट छनौट भई पुरस्कृत हुदा विकले खुसी ब्यक्त गरे । उनि दाङ जिल्ला फोटोग्राफरको उपाध्यक्ष समेत हुन । उनले लामो समय देखि फोटो ग्राफर, भिडियो र डकुमेन्ट्री बनाउदै आएका छन ।

तपाईंको प्रतिक्रिया