शिक्षक संगठनले कार्यवाहक मेयर रावतलाई ज्ञापनपत्र बुझायो
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तुलसिपुरले उपमहानगरमा आफ्ना माग समेटिएकाे ज्ञापनपत्र बुझाएकाे छ । नगरका कार्यवाहक मेयर मान बहादुर रावतलाइ ज्ञापनपत्र बुझाएकाे हाे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला कार्यसमिति बैठकको निर्णय तथा केन्द्रीय र प्रदेश समितिको सर्कुलर अनुसार पालिकामा ज्ञापन बुझाउने कार्यतालिका बमाेजिम ज्ञापनपत्र बुझाइएकाे हाे ।
नगर अध्यक्ष होमराज डाँगी र सचिव निर्मल कुमार वलिद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षा तथा शिक्षक र कर्मचारीका बिबिध समस्याहरु सम्बन्धि २६ बुँदा समेटिएका छन । ज्ञापनपत्र बुझ्दै कार्यवाहक मेयर रावतले शिक्षा सङ्ग सम्बन्धीत समस्या साझा भएकाे हुदा समाधान गर्नुपर्ने बताएका थिए | साथै सराेकारवालाकाे ध्यानाकर्षण गराइने बताएका थिए |
तपाईंको प्रतिक्रिया