शिक्षक संगठन तुलसीपुरको नँया नेतृत्व चयन

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । नगर अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा अधिबेशनको उद्घाटन भएको थियो । उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले शैक्षिक सुधारको एकताबद्धका साथ अघि बढ्नुपर्ने बताएका थिए । उद्घाटन कार्यक्रमको सहजिकरण सचिव निर्मल कुमार वलीले गरेका थिए ।
यसैविच अधिबेशनको बन्द सत्रले केहि नँया र अधिकाशं पुरानै लाई निरन्तरता दिदै सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको छ । गयराती अबेर सकिएको बन्दसत्रले अध्यक्षमा होम राज डाँगी , उपाध्यक्षमा प्रेम नेपाली र उमा गौतम, कोषाध्यक्षमा ईश्वरी बहादुर केसी, सचिवमा मधु नेपालीलाई चयन गरेको छ । यस्तै, सहसचिवमा विमला डागी ,सह कोषाध्यक्षमा ईन्दिरा केसीलाई चयन गरेको हो ।
यस्तै सदस्यहरुमा शरद कार्कि, देव नारायण चौधरी,महेश चौधरी लगायतका रहेका छन ।
तपाईंको प्रतिक्रिया