लाखे नाच संरक्षणमा बेलटाकुराका युवापिढि

 साउन १७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा देखाईने लाखे नाच यसबर्ष पनि निकालिएको छ । विगतका बर्ष जस्तै यस बर्ष पनि लाखे नाचको सुभारम्भ भएको स्थानिय युवा कृष्ण केसीले जानकारी दिएका छन । पुर्खादेखि नाच्दै आएको लाखे नाचलाई निरन्तता दिनलाई युवापुस्ताहरु लागि परेका छन ।

झण्डै एक महिना सम्म विभिन्न स्थानमा नाच्ने चलन रहेको छ । यसरी घरमा नाच्दा केहि दक्षिणा समेत लिने र उक्त दक्षिणा लाखे नाच तथा जात्राका दिन तयारीमा खर्च गर्ने गरेको लाखे नाचको अगुवाई गरेका एक युवा केसीले बताए ।  कृष्ण जन्माष्टमीका दिनमा बेल्टाकुरामा भव्य लाखे नाचको मेला समेत लाग्ने गर्दछ ।

जन्माष्टमीको भोली पल्ट समेत मेला लाग्ने गर्दछ । उसैदिन परम्परा अनुसार लाखे नाच मार्ने समापन गर्ने गरिन्छ । बेलटाकुराको लाखे नाच यस क्षेत्रमा पुरानो तथा बढी प्रख्यात नाचका रुपमा लिने गरिन्छ ।

तपाईंको प्रतिक्रिया