तीज पर्वलाई विकृति रहित तवरले मनाउन जोड
तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले तिज विशेष कार्यक्रम गरेको छ । विद्यालयमा गठित युवा क्लवकी अध्यक्ष नमुना बुढाको अध्यक्षता तथा तुलसीपुर ११ का वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले तिज पर्व परम्परा र संस्कृती रहेकोले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका थिए । पछिल्लो समय मौलिकता हराउन थालेकोमा चिन्ता ब्यक्त गर्दै यस पर्वलाई मर्यादित तवरले मनाउनुपर्नेमा उनिहरुको जोड थियो ।
विद्यालयका शिक्षक निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत,प्रधानाध्यापक पदम बहादुर वली,शिक्षकहरु देव बहादुर वली,खड्क पौडेल, बसुन्धरा पाण्डेय लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शुष्मा भण्डारीले गरेकि थिईन ।
त्यस अवसरमा शिक्षक र कक्षागत रूपमा विद्यार्थीहरूले तीजका बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
तपाईंको प्रतिक्रिया