एमालेको नगर अधिवेशनका लागि प्रतिनिधि छानिए
तुलसीपुर । नेकपा एमाले तुलसीपुर नगर कमिटीको दोस्रो अधिवेशनका लागि वडाहरुमा प्रतिनिधि छनौट गरिएको छ । यसैक्रममा ११ नम्बर वडा कमिटीको उरहरीमा भएको एक भेलाले प्रतिनिधि छनौट गरेको हो । जसअन्तर्गत खुल्ला तर्फ ईन्द्रमणि खड्का,होताराम बस्नेत,रुपलाल रेग्मी,भागिराम चौधरी,सोमिलाल चौधरी,हरी प्रसाद वली,नरेश वली र यज्ञ बहादुर बस्नेत रहेका छन । त्यसैगरी महिला तर्फ कमला चौधरी,सरस्वती भण्डारी र ओमा चौधरी रहेका छन । दलित तर्फ दिपक परियार,खडक बहादुर विक र प्रभा परियार रहेका छन । युवा तर्फ गोपाल रेग्मी र दिने रावत रहेका छन ।
वडा कमिटीका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा वडा ईन्चार्ज गायत्रा डागीको प्रमुख आतिथ्यमा भेला भएको थियो । यस्तै, नेकपा एमाले तुलसीपुर उपमहानगर पालिका वडा न ९ मा नगर अधिबेसनको लागि प्रतिनिधि छनोट सर्बसम्मत रुपले भएको छ । वडा कमिटिका अध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षता एवम् केन्द्रिय लेखा आयोगका सदस्य सावित्रा विश्वकर्माको प्रमुख आतिथ्यतामा प्र्रतिनिधि छनौट भएको हो । वैठकले नगर सचिव रुप बहादुर खत्री सहित २१ जना प्रतिनिधि छनोट गरेको हो । सो अबसरमा अकोराबको केन्द्रिय लेखा आयोगको संयोजकमा निर्वाचित भएकोमा संगीत बस्यालाई बधाई ज्ञापन गरिएको थियो ।
उता तुलसीपुर उपमहानगरपालिका –८ नम्बर वडा कमिटीको कृष्णमन्दिरमा बसेको भेलाले प्रतिनिधि छनौट गरेको हो । जसअन्तर्गत खुल्ला तर्फ टोपबहादुर वली, इन्द्रजित चौधरी, टीकाराम भण्डारी, टोपबहादुर रोका, टेकनाथ कँवर, मुकुन्द काफ्ले, मीन प्रसाद भट्टराई, किरण शर्मा, टिकाराम पंगाली, तुलप्रसाद खरेल रहेका छन । त्यसैगरी महिला तर्फ युवकली भण्डारी, हेमा डाँगी, बन्दना वली, सुमित्रा चौधरी, बुद्धि वली र निमा खड्का रहेका छन ।
असोज ६ गते हुने अधिबेशनको लागि सवै वडाहरुबाट छानिएका प्रतिनिधिको नाम वडा कमिटिले नगर कमिटिलाई बुझाउनुपर्ने नगर सचिव रुप बहादुर खत्रीले बताए ।
तपाईंको प्रतिक्रिया