शिक्षक संगठन दाङको १४औं अधिबेशन

 असोज ०३, २०८१

तुलसीपुर ।  नेपाल राष्टिय शिक्षक संगठन दाङको १४औं अधिबेशन सुरु भएको छ । जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा एमालेका पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं संगठनका केन्द्रीय उपमहासचिव एकदेव पन्थीको बिशिष्ठ आतिथ्यमा अधिबेशनको उद्घाटन भएको हो ।

उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षा सगैं आफ्ना मुद्धाहरुमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । जिल्ला उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव मिनराज शर्मा पण्डीतले गरेका थिए ।

घोराही १० मा रहेको दाङ भ्याली फन पार्कमा चलिरहेको अधिबेशनको बन्द सत्रले नँया कार्यसमति चयन गर्नेे छ । जिल्लाका १० पालिकाबाट ४ सय ३६ जना प्रतिनिधि सहभागि भएको तुलसीपुर नगर सचिव मधु नेपालीले जानकारी दिए । जम्मा ४१ सदस्यीय कार्यसमिति चयनका लागि सर्बसम्मतको प्रयास हुने र सम्भव नभए निर्वाचन मार्फत नेतृत्व चयन हुने बताईएको छ ।

तपाईंको प्रतिक्रिया