एमाले तुलसीपुर नगर अध्यक्षमा खत्री
तुलसीपुर। नेकपा एमाले तुलसीपुर नगर कमिटीको अध्यक्ष रूप बहादुर खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवगठित नगर कमिटीकाे उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उप-सचिवमा मानबहादुर केसी र रेवती बिक रहनु भएको छ । अन्य ७६ जना सदस्यहरू भने दलित, जनजाति, महिला, भूगोल अनुसार मिलाइएको निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
जम्मा ८५ सदस्य रहेको नगर कमिटीमा ८१ जना निर्वाचन प्रकृयाबाट आएपनि ४ जनालाई पछि मनोनित गरिने छ । रातभरको रस्साकस्सीपछि बिहान आज ७ बजे नगर कमिटीको नाम घोषणा गरिएको थियो ।
तपाईंको प्रतिक्रिया