शिक्षक संगठन दाङको अध्यक्षमा शर्मा निर्वाचित

 असोज १२, २०८१

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको अध्यक्षमा मिनराज शर्मा निर्वाचित भएका छन । उनले अध्यक्षमा प्रतिस्पर्धि श्यामा रावतलाई फराकिलो अन्तरले हराएका हुन । शर्माले ३ सय २६ मत ल्याउदा रावतले ६५ मत मात्रै प्राप्त गरेको निर्वाचन संयोजक श्याम कुमार आचार्यले बताएका छन । यस्तै महिला उपाध्यक्षमा शुष्मा भण्डारी ३ सय २० मत ल्याई निर्वाचित हुदा प्रतिस्पर्धि लक्ष्मी पन्थीले ६९ मत प्राप्त गरेकि छिन ।

सचिवमा धनिराम केसी ३ सय ३१ मतका साथ निर्वाचित हुदा विजय अधिकारीले ५७ मत ल्याए छन । शर्माको प्यानललाई निवर्तमन अध्यक्ष दामोदर बस्नेत लगायतको साथ रहको थियो भने श्यामा रावतको टिमलाई संगठनका प्रदेश अध्यक्ष भागवत पौडेल, केन्द्रीय सदस्य उद्धव न्यौपाने लगायतको समर्थन रहेको संगठनका एक नेताले जानकारी दिए । जम्मा ४ सय ३४ मतदाता रहेकोमा ३ सय ९२ मत खसेको संयोजक आचार्यले बताए । केसीको प्यानल दुई तिहाई भन्दा बढी मतका साथ निर्वाचित भएको हो ।

असोज ३ गते उद्घाटन भएको अधिबेशनको बन्द सत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सकेको थिएन । नेतृत्व चयनका सवालमा नेताहरुले आ आफ्नै अडान राख्दा निर्वाचन भएको हो । निर्वाचनमा दुई प्यानल चुनावि मैदानमा उत्रिएको थियो । अरु पदमा सर्वसम्मत भएपनि अध्यक्ष महिला उपाध्यक्ष र सचिवमा निर्वाचन भएको थियो ।

तपाईंको प्रतिक्रिया