पहिलेकै स्थानबाट कार्यालय संचालन गर्न सर्वोच्चको अन्तरिम आदेश
दाङ । दाङको शान्तिनगर गाउँपालिकालाई प्रशासनिक काम पहिलेकै स्थानबाट गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले गाउँपालिकाको कार्यालय चिराघाटबाटै संचालन गर्न अन्तरिम आदेश जारी गरेको हो । जुम्लेकुलाबाट कार्यालय संचालन भएपछि कृष्ण कडेँलले दिनुभएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल पूर्ववत केन्द्रबाटै कार्यालय संचालन गर्न गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ मा गाउँपालिका वा नगरपालिकाको केन्द्र परिवर्तन गर्दा सम्बन्धित सभाले परित गरि प्रदेश सभामार्फत नेपाल सरकारमा पेश गर्नुपर्ने र नेपाल सरकारले निणर्य गर्नुपर्ने भएपनि शान्तिनगर गाउँपालिकाले जुम्लेकुुला केन्द्र सार्दा कानुन विपरित गरेको भनि उच्च अदालत तुलसीपुरमा रिट निवेदन परेको थियो ।
गाउँपालिकाले २०७४ पुस १४ गते गरेको निणर्य बमोजिम केन्द्र सार्न नमिल्ने र अन्तिम निणर्य नभएसम्मका लागि पहिलेकै स्थान चिराघाटबाट कार्यालय संचालन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
तपाईंको प्रतिक्रिया